एमाले केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटे
काठमाडौं। विद्युतीय अपराधको उजुरीमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन्। सरकारी वकिलको कार्यालयले उनलाई हाजिरी जमानीमा छाडेको हो।
सरकारी वकिलको कार्यालयले महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो। विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार काठमाडौं जिल्ला अदालतले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment