बामदेव गौतम कैलालीको बैठकलाई सम्बोधन गर्न धनगढी आउँदै

लक्ष्मीप्रसाद जैशी
१३ भदौ २०८२ ११:३४
76
Shares

धनगढी। नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता बामदेव गौतम धनगढी आउने भएका छन्।

जिल्ला कमिटी कैलालीको निमन्त्रणामा गौतम धनगढी आउन लागेको पार्टी कैलाली अध्यक्ष विमलकुमार जोशीले जानकारी दिए। गौतमले १४ गते धनगढीमा जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्ने बताइएको छ।

नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेपछि गौतम पहिलो पटक उपत्यका बाहिर जिल्लाको कार्यक्रमलाई सम्बोधन गर्दैछन्। उहाँ भोली विहान ८ बजे धनगढी विमानस्थल पुग्ने बताईएको छ।

 

 

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *