स्वीमिङ पुलमा युवकको शव फेला
बनियानी । झापाको बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्वीमिङ पुलमा शुक्रबार एक युवा मृत फेला परेका छन्।
बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईं स्वीमिङ पुलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
मृतक प्रसाईं आफ्ना साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न दिउँसो ३ बजे पार्कमा पुगेका थिए। पौडी खेल्ने क्रममा प्रसाईंको मृत्यु भएको भनेर पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई राति ८ बजे खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। घटनाको थप विवरण र डुब्नुको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment