राजमार्ग केन्द्रीत आन्दोलन गर्ने उखु किसानको चेतावनी

डिसी नेपाल
१४ भदौ २०८२ १४:२३
16
Shares

काठमाडौं । उखु उत्पादक महासंघ, नेपालले उखु किसानको समस्यालाई लिएर राजमार्ग केन्द्रीत आन्दोलनको घोषणा गरेको छ।

महासंघका केन्द्रीय अध्यक्ष श्रीराम प्रसाद यादवले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, “सरकारले तोकेको मूल्यअनुसार भुक्तानी नपाउँदा किसानहरू आर्थिक संकटमा परेका छन्। यसले उनीहरूको जीविकोपार्जनमा गम्भीर असर पारेको छ।” विज्ञप्तीमा उल्लेख गरिएअनुसार, किसानहरूले उत्पादन गरेको उखुको मूल्य समयमा नपाउँदा उनीहरू ऋणमा डुबेका छन् र आगामी उत्पादन चक्रमा समेत असर परेको छ।

महासंघले राजमार्गमा शान्तिपूर्ण धर्ना, र्‍याली तथा सरकारलाई चेतावनी दिने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। आन्दोलनमा सहभागी हुन सबै उखु किसानहरूलाई आह्वान गरिएको छ। “एकता नै हाम्रो शक्ति हो,” विज्ञप्तीमा भनिएको छ, “सरकारले हाम्रो माग नसुनेसम्म हामी आन्दोलन जारी राख्नेछौं।महासंघले उखुको न्यूनतम समर्थन मूल्य तत्काल घोषणा गरियोस्, किसानलाई बक्यौता रकम तुरुन्त भुक्तानी गरियोस् र चिनी मिलहरूलाई नियमन गर्न लगायत माग राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.