एकीकृत समाजवादीको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

डिसी नेपाल
१५ भदौ २०८२ १२:४६
36
Shares

काठमाडौं। शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन्। विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन्।

आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए। उनले यो प्रतिनिधिमुलक धर्ना भएको समेत बताए।

उनले भने, ‘अहिले पहिलो चरणको नेपाल शिक्षक महासंघको आन्दोलनको पहिलो कार्यक्रम अन्तरगत छौं। भाद्र ११ गते बाट हामीले धर्नाको कार्यक्रम सुरु गर्‍याैं। ११ गतेबाट दलको केन्द्रीय कार्यालयमा धर्ना गर्ने कार्यक्रममा छौं। यो प्रतिनिधिमुलक धर्ना हो। शिक्षक महासंघले पहिले दिन नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय, माओवादीको कार्यालयमा र आज चौंथो दिन हामी नेकपा एकीकृत समाजवादीको कार्यालयमा धर्ना गर्दैछौं।’

सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.