नागढुंगाबाट १०२० एम्पुल लागूऔषधसहित एक जना पक्राउ
काठमाडौं । प्रहरीले नागढुंगाबाट १०२० एम्पुल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराका अनुसार राजविराजबाट काठमाडौं आउँदै गरेको प्र. ०१–००६ ख ५४३१ नम्बरको यात्रु वाहक बसमा सवार रञ्जित मेहताले लुकाएको अवस्थामा उक्त परिणामको लागु औषध बरामद भएको हो।
लागु औषधसहित पक्राउ परेका सप्तरी छिन्नमस्ता गाउँपालिका १ का १९ वर्षीय मेहतामाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। मेहतामाथि लागूऔषध ब्यूरो, शाखा कार्यालय नागढुंगाले अनुसन्धान अगाडि बढाएको हो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment