कागेश्वरी मेलाको लागि सशस्त्र प्रहरी बल नेपालबाट सुरक्षाकर्मी परिचालन
काठमाडौं । कागे अष्टमीको अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा लागेको मेला सुरक्षाको लागि भाद्र १५ गते सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट टोली परिचालन भएको छ।
मन्दिरमा दर्शन गर्न आउने बृद्धबृद्धा तथा बालबालिकाहरु लगायत भक्तजनहरुको आवतजावतमा सहजीकरणको लागि सशस्त्र प्रहरी बल, नेपाल मनसुन प्रतिकार्य बेस थलीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक कृष्णकुमार भण्डारीको कमाण्डमा १० जनाको टोली परिचालन भएको हो।
परिचालित टोलीले विहानैदेखि मन्दिर सरसफाई गर्नुका साथै मेलामा आउने भक्तजनहरुको आवतजावतमा, हिँडडुल गर्न नसक्ने बृद्धबृद्धा तथा बालबालिकालाई मेला दर्शन गर्न सहजीकरण गरेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment