खाल्डोमा डुबेर एकको मृत्यु
भद्रपुर । माटो निकाल्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ।
आज अपराह्न यहाँको कचनकवल–२ रतिबारीका ४६ वर्षीया उजारु राजवंशी माटो निकाल्न खनेको गहिरो खाल्डोमा डुबेर मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment