२ दिनअघि भरतपुरबाट हराएकी बालिका मृत फेला, हत्याको आशंका

डिसी नेपाल
२१ भदौ २०७६ १३:४३

चितवन। भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन् । कैलाशनगर बस्ने ६ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई भरतपुर अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको हो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । उनको परिवारले हत्याको आशंका गर्दै प्रहरीमा उजुरी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *