कञ्चनपुरस्थित जोगबुढा नदीको बाढीमा फसेकाको सेनाद्वारा उद्धार

डिसी नेपाल
१६ भदौ २०८२ २१:४२
16
Shares

काठमाडौं। नेपाली सेनाले अविरल वर्षाका कारण कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदीमा आएको बाढीले डुबानमा परेका २५ जनाको सकुशल उद्धार गरेको छ।

बाढीले नदीको तटबन्धलाई पार गरी जग्र्गा टोल र ट्यापु गाउँमा पस्दा डुबानमा फसेका नौ पुरुष, ११ महिला र पाँच बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कञ्चनपुरस्थित रणसिंह दल गणबाट खटिएको टोलीले रबर बोट तथा विपद्का अन्य सामग्री प्रयोग गरी उद्धार गरेको सेनाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *