वर्षाले १३ स्थानमा सडक अवरुद्ध

डिसी नेपाल
१७ भदौ २०८२ १२:१३
24
Shares

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिराका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो।

पासाङल्हामु राजमार्गको गोसाईकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छीत्रिशुलीमैलुङ सडक बन्द छन्। ढोरपाटन सालझण्डी, बेनी दरवाङ सडक, भेरी करिडोर, कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोटडोल्पा सडकखण्ड पनि बन्द छन्।

सुरक्षाकर्मी सडक खुलाउन परिचालन भएका छन्। बाढीपहिरोका कारण बन्द भएका देशका विभिन्न भागका आठ सडकमा एकतर्फी सवारीसाधन सञ्चालन भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.