एमालेले बोलायो सचिवालय बैठक

डिसी नेपाल
१७ भदौ २०८२ १६:५५
64
Shares

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ। भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक आह्वान भएको प्रचार विभागप्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

भदौ २०–२२ मा गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफलका लागि बैठक बोलाइएको उनले बताए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ। ‘केन्द्रीय सचिवालयमा सबै दस्ताबेज प्रस्ताव गरेर विधान महाधिवेशनमा जाने कुरा हुन्छ,‘ उनले भने।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली चीन भ्रमणबाट भदौ १८ गते फर्कनेछन्। १९ गते सचिवालय बैठक बोलाइएको हो।

केन्द्रीय कमिटी बैठक बस्ने चर्चा थियो। समय अभाव भएकाले पनि केन्द्रीय कमिटी बैठक बस्ने अवस्था नरहेको उनले बताए। ‘हामीले यसअघिको केन्द्रीय कमिटी बैठकको सुझाव लिइसकेका छौँ। विधान महाधिवेशनका प्रतिनिधि सार्वभौम हुनुहुन्छ। आफ्ना कुरा त्यही राख्न सक्नुहुन्छ,‘ गौतम भन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *