नेकपा एमालेको संसदीय दलको बैठक च्यासलमा जारी

डिसी नेपाल
१८ असोज २०८३ १४:३६

काठमाडौं। सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, भर्खरै अन्त्य भएको संसद् अधिवेशनको समीक्षा तथा आगामी रणनीतिबारे गहन छलफल भइरहेको छ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसिरहेको सो बैठकमा सांसदहरूलाई आगामी संसदीय भूमिका र समसामयिक विषयमा आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *