सिन्धुलीमा सवारी दुर्घटनाः एक युकको मृत्यु,अर्काको अवस्था गम्भीर

डिसी नेपाल
१७ भदौ २०८२ १७:०६
56
Shares

कमलामाई । कमलामाई नगरपालिका९ नयाँबस्तीमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीका अनुसार बर्दीवासबाट कटारीतर्फ गइरहेको नम्बरको बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक काभ्रे भुम्लु गाउँपालिका९ का १८ वर्षीय सौगात माझीको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार भारतको मोतिहारीका १८ वर्षीय सागर आलमको अवस्था गम्भीर छ। निजको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। बसका चालकलाई नियन्त्रयामा लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.