सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
नवलपरासी। बर्दघाट-सुस्तापूर्वको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आइरहेको ट्रक पूर्वपश्चिम राजमार्गको देवचुली-१५ लोकाहामा ठोक्किँदा कन्टेनर चालक पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-१ का ३५ वर्षीय माधव पङ्गेनीको उपचारका क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा आज बिहान मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका कन्टेनरका सहचालक चितवनको राप्ती नगरपालिका–७ का ३६ वर्षीय रामबहादुर सार्की र ट्रकचालक महोत्तरीको बर्दिबास नगरपालिका-११ का ३० वर्षीय बिचबहादुर थिङको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ।







डिसी नेपाल







Facebook Comment