हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौं : सांसद ढकाल

डिसी नेपाल
१८ भदौ २०८२ १४:५३
16
Shares

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेको बताएका छन्

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानका पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावना अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो दल दृढ रहेको बताएका हुन्

उनले भने, ‘हामी संस्कारमा सम्भावना खोजिरहेका छौं हामी राजनीतिक संस्कारमा यो देश निर्माणको सम्भावना खोजिरहेका छौं हामी संविधानका ति पवित्र शब्दहरु र ति शब्दहरुका मर्म र भावनाहरु अनुसार यो लोकतन्त्रलाई उन्नत लोकतन्त्र कसरी बनाउन सकिन्छ, यो लोकतन्त्रलाई सुदृढ लोकतन्त्र बनाउन हाम्रो दल दृढ छ

साथै, उनले भिजिट भिसाको नाममा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध आन्दोलित हुँदै गर्दा सत्ता पक्षले सुन्दै नसुनि ९५ दिन प्रतिवादमा खर्च गरिरहेको बताए

उनले विरोधका आवाजहरुलाई दमन गरेर सदनभित्र सिर्जनात्मक बहस गर्ने आफूहरुमाथि सदनमा नसकेर बाहिर डिपफेक भ्वाईस रेकर्डहरु छरपस्ट पारिन थालिएको बताए

हामी विगत ९५ दिनदेखी आन्दोलनरत छौं भिजिट भिसाको नाममा गरिएको मानव तस्करी र भ्रष्टाचारविरुद्ध हामी आन्दोलित हुँदै गर्दा सत्ता पक्षले सुन्दैन सत्ता पक्षका माननिय ज्यूहरुले हामीले बोलेको दुई मिनेटका लागि यो ९५ दिन घण्टै समय प्रतिवादमा खर्च गरिरहनु भएको छ अराजक शैलीसँग मिथ्या आरोपहरु हामी माथि लगाइराख्नु भएको छ यो सदनभित्र सिर्जनात्मक बहस गर्ने हामीहरुमाथि यो सदनभित्र नसकेर हाम्रा नेताहरुको डिपफेक भ्वाईस रेकर्डहरु छरपस्ट पारिन थालिएको छ म यो शैली, चरित्रको निन्दा गर्न चाहन्छु विरोधका आवाजहरुलाई दमन गरेर यो शैलीले लोकतन्त्र बलियो बन्न सक्दैन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *