विदेशिक प्रलोभनमा पारी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–१० घर भएका ३५ वर्षीय सरोज सुवाल र रौतहटको चन्द्रपुर नगरपालिका–२ घर भएकी २७ वर्षीया सिर्जना कार्की छिन्।
उनीहरूले सर्विया र रोमानिया पठाउँछु भनेर ठगेको आरोपमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीले रातोपाटीलाई बताए।
सुवालले ३ लाख र कार्कीले ४ लाख रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ। उनीहरूलाई कानुनी कारबाहीको लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment