म्याग्दीको ओखरबोट पहिरोको जोखिममा

डिसी नेपाल
१८ भदौ २०८२ १९:४१
28
Shares

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका४ मा रहेको ओखरबोट गाउँ पहिरोको जोखिममा परेको छ।

ओखरबोटको बस्तिमाथिको खानीडाडाँबाट खसेको पहिरोले तीन घरमा क्षति पुर्‍याएको छ भने थप २५ घर जोखिममा परेका हुन्। स्थानीयबासी चन्द्रबहादुर पटेलले साँझ खाना खाएर आफन्तकहाँ गएर सुत्ने गरेको बताए।

पाखोबाट खसेको पहिरोले तीन वटा घरको छानो भत्काएको छ, उले भने, थप पहिरो खस्ने जोखिम भएकाले सुरक्षित ठाउँमा भएको आफन्तकहाँ गएर बस्न थालेका छौ पहिरोले चन्द्रबहादुर, खड्गबहादुर र मोतिसरा पटेलको घरको छानो भत्काएको छ।

बस्तीदेखि करिब १०० मिटर रहेको पाखोबाट पहिरो खस्न थालेको छ। चन्द्रबहादुर, खड्गबहादुर र मोतिसरासहित, सुशीला पटेल, शान्ति पटेल, दिपक पटेल र भोजमाया विकका परिवार विस्थापित भएका छन्।

वडासदस्य भीमसरा पुनका अनुसार घर भत्किएका र उच्च जोखिममा रहेका सात परिवारलाई अस्थायी बसोबासको ब्यवस्था मिलाइएको छ। जोखिममा रहेका २० भन्दाबढी घरपरिवार त्रासमा छन्।

मालिका गाउँपालिकाको कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले गत शुक्रबार गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनसहितको टोलीले पहिरोको स्थलगत निरीक्षण गरी क्षति भएका घरपरिवारलाई खाद्यान्न र अस्थायी बसोबासको व्यवस्था मिलाएको बता

पहिरो नियन्त्रणका लागि ग्यावियन पर्खाल निर्माणको तयारी गरेको र प्रदेश सरकारसँग पनि समन्वय गरेको कार्यपालिका सदस्य खड्काथोकीले बता। पहिरो प्रभावित क्षेत्रको निरीक्षणमा जानुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले सतर्कता अपनाउन अनुरोध गर्दै पहिरोको समस्यालाई दीर्घकालीन समाधानका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता जना

गाउँ नजिकै रहेको ओखरबोट माविको सबै भवन पहिरोले भत्काएपछि किमबोटमा अस्थायी संरचना बनाएर स्थानान्तरण गरिएको छ। चार/चार कोठे दुई वटा पक्की, ढुङ्गा, माटो र काठले बनेको १७ कोठे कच्ची भवन, शौचालय, घेराबार र खेलमैदान पहिरोसँगै बगेको विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष पबहादुर विकले बता। उका अनुसार पहिरोले विद्यालयमा तीन करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.