सहकारी ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

डिसी नेपाल
१९ भदौ २०८२ १३:०९
24
Shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल सहकारी पत्रकार समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई मर्यादित तथा व्यवस्थीत बनाउन सहकारी सम्बन्धी ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्।

सहकारीका क्षेत्रमा एक वर्षभित्र धेरै कानुनहरू बनाउन सफल भएको भन्दै मन्त्री अधिकारीले त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको धारणा राखे।

उनले सहकारी क्षेत्रको सुधारका लागि ऐनलाई टेकेर आवश्यक नियम, कार्यविधि बनाउनुपर्ने बताए। कार्यविधि बनाउदा विज्ञ, कानूनविद् सबैलाई राखेर आवश्यक सुधार गर्न सकिन उनको भनाइ छ।

उनले सहकारीका बेतिथि देखिएका नियमनका लागि केहि बाध्यात्मक व्यवस्था गरिएको भन्दै सहज रुपमा आएपछि नियमनका प्रावधानलाई क्रमश खुल्ला गर्न सकिने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.