सामाजिक सञ्जाल बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा

डिसी नेपाल
१९ भदौ २०८२ १६:०३
60
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटालेसामाजिक सञ्जालहरु बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खाजेको जस्तो देखिएको बताएका छन्।

बिहीबार पदाधिकारी बैठकपश्चात उनले सरकारका सम्पूर्ण निर्णय, अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागि रहेको भन्दै यसमा गम्भिरतापूर्वक अध्ययन गरेर धारणाहरु सार्वजनिक गर्ने बताए।

उनले भने, ‘सामाजिक सञ्जालको बारेमा सरकारले निर्णय गरेको छ। नियमन त गर्नुपर्छ, तर सरकारका सम्पूर्ण निर्णयहरुको सारको अध्ययन गर्दा र सरकारका सम्पूर्ण अभिव्यक्ति र क्रियाकलाप हेर्दा यसबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ कि जस्तो लागि रहेको छ। यसमा हामी निकै गम्भिरतापूर्वक अध्ययन गर्दैछौँ। अध्यन सकेपछि हामीले हाम्रो धारणाहरु राख्ने नै छाँै। तर अहिले हामीलाई प्रथम दृष्टिमै के लागेको छ भने यो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने दिशातिर सरकार लागेको छ कि,’

साथै, उनले गणतन्त्रमा प्राप्त गरेको सबैभन्दा ठूलो उपलब्धि नै अभिव्यक्ति स्वतन्त्रता भएको भन्दै नियमन गर्ने बहानामा उक्त अधिकार कुण्ठित त हुने होईन जस्तो लागेको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.