निजी विद्यालय संचालक आन्दोलनमा उत्रिने
हेटौंडा । शिक्षा प्रणाली सम्बन्धी सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन विधेयक २०८० का प्रावधानविरुद्ध निजी विद्यालय आन्दोलित हुने भएका छन्।
मकवानपुरसहित विभिन्न निजी विद्यालय संघ–संस्थाहरूले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै उक्त विधेयकले निजी क्षेत्रलाई कमजोर पार्ने मात्र नभई शिक्षा क्षेत्रमा अव्यवस्था निम्त्याउने दाबी गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुबेदीले विधेयक कार्यान्वयन भए निजी क्षेत्रको भविष्य अन्धकारमय हुने भन्दै त्यसविरुद्ध एकताबद्ध आन्दोलन गर्नुपर्ने बताए। उनले निजी विद्यालयहरूको योगदानलाई उपेक्षा गर्दै सरकारले जबर्जस्ती नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाए।
संयुक्त आन्दोलन समितिले जारी गरेको विज्ञप्तिमा निजी क्षेत्रको भूमिका अवमूल्यन गर्ने प्रयास अस्वीकार्य रहेको उल्लेख गर्दै आवश्यक परे सडकसम्म उत्रिने चेतावनी दिएको छ। विज्ञप्ति एप्पसन, एपन, हिसान, नेशनल प्याब्सन लगायतका संस्थाहरूको संयुक्त हस्ताक्षरसहित सार्वजनिक गरिएको हो।
समितिले आगामी दिनमा हुने आन्दोलनलाई सफल बनाउन सबै शिक्षक, अभिभावक र सरोकारवालाहरूलाई एकताबद्ध रहन आह्वान गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment