महोत्तरीमा दिवा खाजामा छेपारो फेला परेको दाबी, दर्जनौं विद्यार्थी बिरामी
जनकपुर । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन्।
बिहीबार दिउँसो १ बजे विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीहरूलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएको थियो।
मरेको छेपारोको विभिन्न शरीरका अंगहरू अलग अलग विद्यार्थीका खाजामा फेला परेपछि विद्यार्थीहरूले खाजा बनाएर दिने विद्यालयका महिला कर्मचारीलाई बताएपछि उल्टै हप्काएको विद्यार्थीहरुको भनाई छ।
विद्यार्थीहरूले खाजामा छेपारो भेटेको गाउँका व्यक्तिहरूलाई अवगत गराएपछि विद्यार्थीका अभिभावकसहित गाउँवासी विद्यालय पुगेका थिए। सो क्रममा उनीहरूले प्रधानाध्यापक दिनेश दासमाथि आक्रोश पोख्नुका साथै चप्पल प्रहार गरेका थिए।
आक्रोसित अभिभावकले विद्यालयका कुर्सी, टेबुल, ढोका तोडफोड पनि गरेका छन्। स्थिति तनावपूर्ण बनेपछि नजिकको प्रहरी चौकीका प्रहरी अधिकारी विद्यालय पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
यता, दर्जनौ विद्यार्थीलाई बेहोस हुन थालेपछि अभिभावकहरूले आफ्ना बच्चाहरूलाई प्रादेशिक अस्पताल जनकपुर ल्याएर उपचार गराइरहेका छन्।







डिसी नेपाल







Facebook Comment