अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौं आइपुगे
काठमाडौं। संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली आज साँझ काठमाडौं आइपुगेका छन्। डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन्।
उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिए। यसअघि अमेरिकाबाट विभिन्न चरणमा दुई सय १५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment