मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

डिसी नेपाल
२० भदौ २०८२ ७:००
132
Shares

काठमाडौं। हाल देशभरि मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

शुक्रबार बिहान कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको महाशाखाले जनाएको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। राति कोशी प्रदेश बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.