सामाजिक सञ्जालले पनि देशको कानुन मान्नुपर्छ : पूर्वकानुनमन्त्री गुरुङ

डिसी नेपाल
२० भदौ २०८२ १२:५७
16
Shares

काठमाडौं । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारले निर्णय गरेपछि यसका विषयमा विभिन्न धारणा सार्वजनिक भइरहेका छन्।

यसैबीच नेपाली कांग्रेसका उपसभापति एवं पूर्वकानुन मन्त्री धनराज गुरुङले देशभर सञ्चालन हुने चिया पसलदेखि सामाजिक सञ्जालले कानुन मान्नुपर्ने बताएका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको शुक्रबारदेखि प्रधान कार्यालयमा सुरु भएको विशेष अधिवेशनलाई सम्बोधन गर्दै उनले कानुन सबैले मान्नुपर्ने बताएका हुन्। ‘सानो चिया पसल चलाउदा दर्ता गर्नुपर्ने यत्रो सामाजिक संजाल संचालन गर्दा दर्ता गर्नु पर्दैन?,’ उनको प्रश्न थियो।

पछिल्लो समय नेताहरू स्टण्डवादको पछि लागेको उल्लेख गर्दै स्टण्ड दीर्घकालीन समस्याको समाधान नहुने बताए। सामाजिक सञ्जाल टिकटकको उदाहरण दिँदै उनले केही महिना लागि बन्द भएको टिकटक दर्ता भएपछि पुन: सुचारु भएको उल्लेख गरे। ‘म कानुन मन्त्री भएकै बेला नेपालमा टिकटक बन्द भएको थियो, दर्ता भएपछि पुन: संचाल भयो,’ उनको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *