सामाजिक सञ्जाल कानुनबमोजिम सञ्चालन हुनुपर्छ: उपसभापति गुरुङ

डिसी नेपाल
२० भदौ २०८२ १७:३३
44
Shares

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सामाजिक सञ्जाल कानुनबमोजिम सञ्चालन हुनुपर्ने बताएका छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको विशेष अधिवेशनको आज उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई कानुनबमोजिम सञ्चालन गर्नुपर्ने बताए।

‘म कानुनमन्त्री भएकै बेला नेपालमा टिकटक बन्द भएको थियो, दर्ता भएपछि पुनः सञ्चालनमा आयो, एउटा चिया पसल दर्ता हुनुपर्ने, संसारभर चल्ने सामाजिक सञ्जाल दर्ता नभए पनि चल्ने यो हुन सक्दैन’, उनले भने।

सामाजिक सञ्जाललाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो। उनले सामाजिक सञ्जालको बारेमा लिएर भएका तर्क विर्तकभन्दा पनि के गर्दा मुलुकलाई राम्रो हुन्छ त्यहीअनुसार अगाडि बढ्नुपर्ने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *