चट्याङ लागेर प्रजाको मृत्यु

डिसी नेपाल
२१ भदौ २०८२ १२:२७
52
Shares

वागमती चट्याङ लागेर हेटाँैडा उपमहानगरपालिका१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको छ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार चट्याङ लागेर हेटाँैडा उपमहानगरपालिका१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमा नै मृत्यु भएको हो।

स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोगका सामान खरिद गर्न गएका बेला चट्याङ लागेर निजको मृत्यु भएको हो। शवपरीक्षणका लागि हेटौँडा अस्पताल पुर्‍याइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.