लोयल्टी एकेडेमीमा उपत्यका विकास प्राधिकरणले चलायो डोजर

डिसी नेपाल
२१ भदौ २०८२ १६:२५
116
Shares

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी जग्गा हडपेको भन्दै लोयल्टी एकेडेमीमा डोजर चलाएको छ।

बुढानीलकण्ठ नगरपालिका९ धोबीखोला करिडोर (मण्डिखाटार) मा रहेको उक्त लोयल्टी एकेडेमीमा शनिबार विकास प्राधिकरणले डोजर चलाएको हो।

प्राधिकरणका अनुसार लोयल्टी स्कूलले पाँच रोपनीभन्दा बढी सार्वजनिक जग्गा हडपेर बसेको छ। आज (शनिबार) प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत र बोर्ड सचिव (कानून महाशाखा प्रमुख ) घनश्याम पौडेलको अगुवाइमा सो स्कूलमा डोजर चलाइएको हो।

यो स्कुल नेकपा (एमाले) बाट सांसद बनेका विजय सम्बाहाम्फेको हो। उनी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालका पूर्वअध्यक्षसमेत हुन्। अहिले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *