ठाकुरराम क्याम्पसमा नक्कली परीक्षार्थी पक्राउ

डिसी नेपाल
२२ भदौ २०८२ २१:००
76
Shares

वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छोरा, २५ वर्षीय महमद अफताब रहेका छन्।

क्याम्पसमा मानविकी संकाय, राजनीति शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा भइरहेको बेला अफताबले आफ्ना बुवाको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

क्याम्पस प्रमुख मोहन यादवका अनुसार, सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी महमद साहबुद्धिनको साटोमा अफताब परीक्षा दिइरहेको सूचना पाएपछि तत्काल अनुगमन टोली खटाइएको थियो।

जाँच गर्दा परीक्षार्थी साहबुद्धिनको स्थानमा उनका छोरा अफताब भएको पुष्टि भएपछि उनलाई परीक्षा हलमै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो,’ प्रमुख यादवले बताए।

त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा २७० (क) बमोजिम अफताब र उनका पिता दुबैविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइने क्याम्पस प्रशासनले जनाएको छ।

पक्राउ परेका अफताबलाई हाल वडा प्रहरी कार्यालय वीरतामा राखिएको छ। पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार, ‘क्याम्पस प्रशासनबाट बुझाइएको युवकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.