संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (फाेटाेफिचर)

डिसी नेपाल
२३ भदौ २०८२ १४:३६
92
Shares

काठमाडाैं। जेन-जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन्। उनीहरू दक्षिणी र पश्चिमी गेटबाट संसद् भवनमा छिरेका हुन्।

प्रदर्शनकारीहरू मुख्य गेट र सशस्त्र प्रहरीको सेन्ट्री पोस्टको सहयोगमा संसद् भवनमा छिरेका हुन्। त्यसक्रममा संसद् भवनको दक्षिणी गेटमा आगोसमेत लागेको छ। संसद् भवन परिसर जेनजीको कब्जा भएपछि सेना पठाइएको छ।

माइतीघर हुँदै बानेश्वर पुगेका प्रदर्शनकारी संसद भवन पसेर नाराबाजी गरिरहेका छन्। प्रहरीले नियन्त्रणमा लिन नसकिरहेका बेला सेना पठाइएको हो। अहिले बानेश्वर क्षेत्र तनावग्रस्त छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.