आठ जना प्रदर्शनकारीको मृत्यु भएपछि जेनजीको प्रदर्शनले उग्र रुप लियो
काठमाडौं। राजधानीमा सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा हालसम्म आठ जनाको मृत्यु भएको छ। नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारी आक्रमक बनेका छन्।
प्रदर्शनलाई रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा कफ्यू आदेश जारी गरेपनि प्रदर्शनकारीलाई कफ्यूको अवज्ञा गरेका छन्। यतिबेला राजधानीको बानेश्वर क्षेत्र तनावग्रस्त छ।
आक्रोशित प्रदर्शनकारीले संसद भवन परिषरमा तोडफोड गरेका छन् भने यातायात व्यवस्था कार्यालयको गाडी तोडफोड गरेका छन्।
प्रहरीले अत्याधिक बल प्रयोग गर्दा ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएका छन् भने मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले जनाएका छन्।
सोमबार राजधानी काठमाडौंसँगै देशका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गरेको छ। पोखरा, विराटनगर, जनकपुर, बुटवल, दाङलगायतका स्थानमा प्रदर्शनकारीले प्रदर्शन गरेका छन्।
पोखरामा अनिश्चित कालीन कफ्यू आदेश जारी गरिएको छ। प्रदर्शनले उग्ररुप लिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ ६ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएका छन्।







डिसी नेपाल







Facebook Comment