इटहरीमा अनिश्चितकालिन कर्फ्यू आदेश
विराटनगर। सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ।
इटहरीमा जेन जीहरुको आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुनेगरी कर्फ्यू लगाएका हो।
आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका थिए।
प्रत्यक्षदर्शीका अनुसार उपमहानगरपालिकाभित्र प्रवेश गरेका प्रदर्शनकारीले सरकारी सम्पत्ति जलाउने काम गरेका हुन्। गेटमै रोकेर नियन्त्रण गर्ने प्रहरीको प्रयास असफल बनेपछि उनीहरू भवनभित्र पसेका थिए। इटहरी आसपासको क्षेत्र अहिले तनावग्रस्त बनेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment