काठमाडौंमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट काठमाडौं पठाइयो

डिसी नेपाल
२४ भदौ २०८२ ८:०१
64
Shares

झापा। काठमाडौं उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौं पठाएको छ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लाोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो।

काठमाडौंमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौँ पठाइको सभापति ढकालले जानकारी दिए।

जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए। सो क्रममा दमकमा केही युवा घाइते भएका थिए। जिल्ला प्रशासन कार्यालयले गए रातिबाट आज बिहान ५ः०० बजेसम्मका लागि दमक र बिर्तामोडका निषेधाज्ञा लगाएको थियो। निषेधाज्ञा आज बिहानबाट हटाइएको प्रमुख जिल्ल अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.