उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई

डिसी नेपाल
२४ भदौ २०८२ १०:२४
1.1k
Shares

काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ। यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए। रानालाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको जिम्मेवार भन्दै डीआईजी राना हटाइएको गृह मन्त्रालयस्रोतले जनाएको छ।

सोमबार जेनजीले गरेको प्रदर्शनमा सुरक्षा व्यवस्था फितलो हुँदा १९ जनाको ज्यान गएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.