दमकको भ्युटावरमा पनि आगजनी

डिसी नेपाल
२४ भदौ २०८२ १८:३४
240
Shares

काठमाडौं । झापाको दमकमा रहेको भ्युटावरमा पनि आगजनी गरिएको छ। जेनजी आन्दोलनकारीले अर्बौं रुपैयाँ खर्च गरेर बनाइएको भ्यूटावरमा आगलागी गरेका हुन्।

जेनजी आन्दोलनको दोस्रो दिन आज सार्बजनिक भवन र शिर्ष नेताहरुका निवास तोडफोड र आगजनीको क्रममा संसद भवनमा आगजनी र तोडफोड हुनेक्रम जारी रहेको छ।

यसअघि आन्दोलनकारीले राष्ट्रपति निवास रहेको शित्तल निवास, सिंहदरबार र संसद भवनमा, सर्वोच्च अदालतलगायतका सार्बजनिक स्थानमा पनि आगलागी गरेका थिए।

अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ।

ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ। नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन्। मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.