देशभरका कारागारबाट निस्के एक हजार भन्दा बढी कैदीबन्दी, नख्खु कारागार खाली
काठमाडौं। जेनजीहरूले उग्र प्रदर्शन गरेपछि देशभरका विभिन्न कारागारबाट एक हजार भन्दा बढी कैदीबन्दी निस्किएका छन्।
प्रहरीका अनुसार कास्की कारागारबाट ९ सय बढी कैदीबन्दी निस्किएका छन्। यस्तै रास्वपा सभापति रवि लामिछाने रहेको नख्खु कारागारबाट पनि सबै कैदी निस्किएका छन्।
रवि लामिछानेसहितका कैदीहरू प्रदर्शन उग्र बनेपछि कारागारबाट बाहिरिएकाे प्रहरीले जनाएकाे छ।
कास्की कारागारका अनुसार त्यहाँ ९८१ कैदीबन्दी थिए। तुलसीपुर कारागारका एक सय २४ कैदी निस्किएका छन्।
जेनजीहरुको सोमबार र मंगलबार भएको प्रदर्शन अराजक बन्न पुगेको थियो। जेनजी प्रदर्शकारीले गरेको प्रदर्शनका कारण २० बढीको मृत्यु भएको छ भने चार सयभन्दा बढी घाइते भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment