सर्वोच्च अदालतका फाइलहरू न्याय परिषद्को भवनमा सारिँदै

डिसी नेपाल
२५ भदौ २०८२ १४:४८

काठमाडौं । सर्वोच्च अदालतको भवनमा आगजनी भएपछि त्यहाँ रहेका महत्वपूर्ण फाइलहरू न्याय परिषद्को भवनमा सारिने कार्य जारी छ।

फाइल सार्ने काममा अधिवक्ता, सर्वोच्च अदालतका कर्मचारी तथा बार एसोसिएसनका प्रतिनिधिहरू समेत संलग्न छन्। सोमबार र मंगलबार भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सर्वोच्च अदालतको भवनमा आगजनी भएको थियो।

उक्त घटनाबाट भवनको संरचना र त्यहाँ राखिएका सामग्रीमा गम्भीर क्षति पुगेको छ। प्रशासनिक र कानुनी कामकाज प्रभावित हुन नदिन फाइलहरू सुरक्षित स्थानमा सार्ने प्रक्रिया तिव्र गतिमा अघि बढाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *