इन्द्रजात्राको अन्तिम दिन आज नानिचाया जात्रा नहुने
काठमाडौं । इन्द्रजात्राको अन्तिम दिन आज नानिचाया जात्रा नहुने भएको छ।
मुलुकको विषम परिस्थितिको कारण सुरक्षा चुनौती र मानवीय सम्वेदनशीलतालाई हृदयांगम गरी विधिपुर्वक क्षमापूजा गरी कुमारी, गणेश र भैरवको रथयात्रा नगराईकन पर्वको बाँकी कार्य सम्पन गरिने गुठी संस्थान कार्यालयले जनाएको छ।
यस अवस्थालाई सम्बद्ध सबै पक्षबाट मनन गरी सहज रुपमा लिई सम्पदा सरक्षण गर्न समेत गुठी संस्थानले आग्रह गरेको छ।
यसअघि भदौ १९ ऐतिहासिक जात्रा इन्द्रजात्राको इन्द्रध्वजको उत्थान आज शुभ साइत गरिएको थियो भने भदौ २१ गते भाद्र शुक्ल चतुर्दशीका दिन विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी मनाइएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment