नख्खु जेलबाट भागेका टक्ला पक्राउ

डिसी नेपाल
२६ भदौ २०८२ १८:१९
404
Shares

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा नक्खु जेलबाट फरार सञ्जय साह टक्ला काभ्रेबाट पक्राउ परेका छन्।

प्रहरीका अनुसार मंगलटार क्षेत्रीय प्रहरी चौकीको टोलीले उनलाई पक्राउ गरेको हो।

पूर्वराज्यमन्त्री समेत रहेका साहले जनकपुरको रमणन्द चौकमा २०६९ सालमा भएको बम विस्फोट प्रकरणका मुख्य अभियुक्तका रूपमा जन्मकैदको सजाय भोगिरहेका छन्। यो विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो। साथै, रेडियो टुडे का सञ्चालक अरुण सिङानियाको हत्या प्रकरणमा समेत उनी मुख्य योजनाकार समेत रहेको पुष्टि भएको थियो।

हालसम्म १२ वर्ष जेल सजाय भोगिसकेका उनले नख्खु जेलबाट रास्वपा सभापति रवि लामिछाने बाहिरिएसँगै निस्किएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.