संखुवासभामा जिल्लाभर कार्फ्यु आदेश
संखुवासभा । जिल्ला प्रशासन कार्यालय संखुवासभाले जिल्लाभर बिहीबार साँझदेखि कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम बिहीबार साँझबाट शुक्रबार बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको हो।
कर्फ्यु अवधिभर जिल्लाभित्र कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, भेला वा आवतजावत पूर्ण रुपमा निषेध गरिएको छ । त्यस्तै प्रशासनले आदेश उल्लंघन गर्नेहरूमाथि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
कर्फ्युको समयमा एम्बुलेन्स, दमकल, शव बाहन स्वास्थ्यकर्मीसहित अत्यावश्यक सेवाका सवारी साधन संचालनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment