देशभरका अधिकांश प्रहरी कार्यालय ध्वस्त,

उपत्यकामै प्रहरीमाथि निर्मम हमला भएको इतिहासमै पहिलो

डिसी नेपाल
३१ भदौ २०८२ १०:१५
52
Shares

काठमाडौं। जेनजी आन्दोलनबाट देशभरका अधिकांश प्रहरी कार्यालय ध्वस्त भएका छ। उपत्यकाका तीन जिल्लाको कमान्ड हेर्ने रानीपोखरीको उपत्यका प्रहरी कार्यालय ध्वस्त भएको छ। जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते आगो लगाइएको थियो।

उक्त कार्यालय जलेर नष्ट भएको थियो। कतिपय अत्याधुनिक भवनहरु जलेर नष्ट भए भने ब्यारेक समेत जल्दा प्रहरी कर्मचारीहरुको सबै लत्ता कपडा र अत्यावश्यक सामाग्री समेत जलेर नष्ट भए।

प्रहरी प्रधानकार्यालयले दिएको जनाकारी अनुसार उपत्यका साना-ठूला कार्यालय गरी कम्तीमा पनि २ सय वटामा क्षति पुगेको छ। त्यसमध्ये केही पूर्णरुपमा क्षति भएको छ। प्रदर्शनकारीले प्रहरी कार्यालयभित्र रहेका हतियार गोली तथा प्रहरीको युनिफर्मसमेत लुटेका छन्।

उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरको कमान्ड हेर्ने र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजीपी) प्रमुख रहने कार्यालय जलाएर नष्ट गरेका थिए। यसरी नै तीन वटै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने मुख्य कार्यालय उपत्यका ट्राफिक कार्यालयसमेत जलाएका थिए।

उपत्यका ट्राफिक कार्यालय प्रमुखमा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बस्छन्। यी दुई ठूदा कार्यालयबाहेक प्रहरीको दोस्रो ठूलो कार्यालय उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसमेत जल्यो। अनुसन्धान कार्यालयका कमान्ड एसएसपीले सम्हाल्छन्।

उपत्यका मातहतका अधिकांश प्रहरी वृत्त र प्रभाग, चौकी र बिट नष्ट भए। जेनजी समूहले प्रहरीको कार्यालयमात्रै जलाएनन् कि प्रहरी वृत्त महाराजगञ्ज भवनमा त आगो लगाएपछि दुईजना प्रहरीलाई कुटीकुटी विभत्स रुपमा हत्या गरे। प्रदर्शनकारीले प्रहरी प्रभाग कोटेश्वरका एक प्रहरीलाई जिउँदै जलाएका थिए। प्रहरी वृत्त बानेश्वरका प्रहरीहरू भदौको उर्लँदो बागमती नदीमा हाम फालेर जोगिएका थिए।

नदीमा पसेका प्रहरीमाथि ढुंगामुडा प्रहार भयो। केहीलाई नदीभित्रै पसेर नांगै बनाउँदै कुटपिट गरे। प्रहरीमाथि उपत्यकामै यस्तो प्रकृतिको निर्मम हमला भएको इतिहासमै पहिलो पटक हो। प्रदर्शनकारको नाममा प्रहरी कार्यालयभित्र छिरेका अपराधिक तत्वले प्रहरीका ड्रेस तथा हतियार लुट्दै सडकमा भिडियो बनाएका थिए।

उपत्यकाबाहेक देशभरका अधिकांश प्रहरी कार्यालय जलेका छन्। भदौ २३ गते १२ बजेपछि प्रदर्शन अझ उग्र भएर निस्एिपछि प्रहरी गोली चलायो र २४ गतेको प्रर्दशनमा ठूलो क्षति व्यहोर्‍याे। संसद् भवन मात्रै होइन, प्रहरीका कार्यालयहरू निसानामा परे।

प्रहरीले आफ्नै कार्यालयहरूमा आक्रामण भइरहँदा जोगाउन सकेन भने आफ्नो ज्यान पनि बालबाल बचायो। प्रहरीप्रति आक्रमणकारीहरु बढी नै उत्तेजित भएका थिए। कतिपय ज्यान जोगाउन भएभरका हातहतियार तथा प्रहरीका लुगासमेत फुकाले भागेका थिए।

सुरक्षाकर्मीले पहिलो दिन अर्थात भदौ २३ भन्दा दोस्रो दिन २४ गते क्षति कम हुने आँकलन गरेर बसेको थियो। जसकारण संसद भवन, सिंहदबार, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरूसमेत जल्न पुगेको सुरक्षा अधिकारीहरुको दावी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.