संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्छः प्रदेश प्रमुख देवकोटा

डिसी नेपाल
३ असोज २०८२ ८:४५
32
Shares

बागमती। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नु पर्ने आवश्यकता औँल्याएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले संविधानको अक्षरशः पालना र कार्यान्वयन भए मुलुक समृद्धि यात्रामा तीव्र गतिमा अघि बढ्ने विश्वास समेत व्यक्त गरे।

केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको संविधान जारी भएका आजको दिनलाई उत्सवको दिनको रुपमा लिनुपर्ने उनले उल्लेख गरेका छन्।

संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि सरोकारबाला सबैले आ–आफ्नो स्थानबाट पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा आग्रह गर्दै उनले संविधान कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य मान्यता र प्रणालीलाई राष्ट्रिय जीवन पद्धति बनाउन संविधान दिवसले हामी सबैमा नयाँ उत्साह प्रदान गर्ने विश्वास समेत व्यक्त गरे।

संविधान जारी भएको १० वर्षमा लोकतन्त्रको संस्थागत विकासका लागि थुप्रै कार्यहरु सम्पादन भएको र संविधानमा मूलभूत लोकतान्त्रिक मूल्य मान्यताहरु समेटिएको उल्लेख गर्दैप्रदेश प्रमुख देवकोटाले सकारात्मक कामको पहलमा सबैको एक्यबद्धता आवश्यक रहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.