संविधान दिवसको अवसरमा नेपाल परिवार दलको शुभकामना सन्देश

डिसी नेपाल
३ असोज २०८२ १०:५१
196
Shares

काठमाडौं। नेपाल परिवार दलले संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गरेको छ।

परिवार दलका अध्यक्ष एकनाथ ढकालले शुक्रबार संविधान दिवसको अवसर पारेर जारी गरेको शुभकामना सन्देशमा नेपाली जनताको संघर्ष र बलिदानको फलस्वरूप ०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्न अपिल गरिएको छ।

अध्यक्ष ढकालले संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन्। ‘यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन आहुति दिनुहुने सम्पूर्ण ज्ञात-अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। हामी विभिन्न समयमा सम्पन्न नेपालको लोकतान्त्रिक आन्दोलनमा सहभागी भई योगदान गर्नुहुने आम नागरिक, सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, युवा, संचार क्षेत्र लगायतको योगदानको उच्च प्रशंसा गर्दछौं,’ अध्यक्ष ढकाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

उनले नेपाली जनताको ठूलो त्याग र बलिदानीमार्फत जननिर्बाचित प्रतिनिधिहरुद्वारा लिखित नेपालको संविधानको परिधि भित्रै रही नै सबैखाले विभेद, भ्रष्टाचार, बिकृति, विसंगतिको अन्त्य गर्दै एक सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गर्न आह्वान समेत गरेका छन्।

बर्तमान संविधानको परिधि भित्र रही सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता नेपाली जनताले प्राप्त गरेका उपलब्धि थप संस्थागत गनुपर्ने आवश्यकता उनले औंल्याएका छन्।

‘संविधानको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिने हाम्रो बुझाई रहेको छ । र संविधान एक गतिशील दस्तावेज भएकोले कतिपय असन्तुष्टिहरुलाई आबस्यकता अनुसार लोकतान्त्रिक बिधि र पद्धतिमार्फत समयानुकुल थप परिष्कृत गर्न सकिनेतर्फ सबै पक्षको ध्यानाकर्षण पनि गर्दछौं,’ शुभकामना सन्देशमा उल्लेख छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *