मानसिकता परिवर्तन नभएकै कारणले जेनजी आन्दोलन भयो : मुख्यमन्त्री सिंह

डिसी नेपाल
३ असोज २०८२ १२:५१
44
Shares

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेनजीले आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन्।

संविधान दिवस २०८२ को उपलक्ष्यमा मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले अहिलेको गतिशिल जमानामा प्रविधि र पद्धतिमा परिवर्तन आएपनि देश चलाउनेहरु पुरानै मानसकिताका साथ काम गरिरहेकाले जेनजीले आन्दोलन गरेको बताए।

उनले अहिलेको पिंढीलाई हरेक काम सहल र छिटो हुनेगरी चाहिनेमा सरकारी कार्यालहरुमा कुनै काम गर्न जाँदा घण्टौ लाग्ने र कहिलेकाँहि कयौं दिन कार्यालय धाउनुपर्ने हुँदा जेनजी पिढींलाई आक्रोस सृजना भएको बताए।

उनले नेतादेखि सरकारी कार्यालयहरुका कर्मचारीहरुको मानसिकता विकास हुन नसकेकोले देश पनि पुरानै पद्धतिमा चलिरहेको बताए।

नयाँ पिंढीले चाहे अनुसार काम गर्ने वातावरणका साथै आफ्नो मानसिकतालाई अपग्रेड गर्न आवश्यक रहेको मुख्यमन्त्री सिंहले बताए। उनले संविधान नयाँ आए पनि संविधानको दायरामा रहेर काम गर्नेहरुको मानसिकता पूरानै रहेको गुनासो गरे।

मुख्यमन्त्री सिंहले अहिलेको संविधान उत्कृष्ट रहेपनि केही बुंदामा संशोधन गर्न आवश्यक रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *