जेनजीको माग जायज थियो : रघुवीर महासेठ

डिसी नेपाल
३ असोज २०८२ १८:११
92
Shares

जनकपुर । नेकपा एमालेका नेता रघुवीर महासेठले जेनजीले उठाएका मागहरु जायज रहेको बताका छन्।

शुक्रबार जनकपुरधामस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा संविधान दिवस मनाउँदै नेता महासेठले भदौ २३ र २४ गत्ते जेनजीले गरेको आन्दोलनका मागहरु जायज रहेको धारणा राखे।

भ्रष्टाचार बन्द होस, सामाजिक सञ्जाल सुचारु होस भन्ने मागहरु एक दम जायज रहेको र यो नेकपा एमालेको पनि माग रहेको उनले बताए। भदौ २३ र २४ गत्ते भएको लुटपाट, आगजनी, कुटपीट लगायतका घटनामा देशी विदेशी षड्यन्त्रकारीहरुको हात रहेको उनले बताए। नेता महासेठले ती देशी विदेशी षड्यन्त्रकारीहरुले नै जेनजी युवाहरुको हत्या गरेको बताए।

जेनजीको शरीरमा लागेको गोली नेपाल प्रहरी वा नेपाली सेनाको नभएको नेता महासेठले दाबी गरे। आन्दोलन चर्काउन र प्रजातन्त्र समाप्त गर्नका लागि सार्प सुटर प्रयोग गरी ती जेनजीको हत्या गरिएको उनले बताए। नेता महासेठले ती सम्पूर्ण घटनाको निश्पक्ष छानबीन गरी दोषी जो सुकैलाई कारबाही गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए।

नेता महासेठले विगतमा भएका गल्तिहरुलाई सुधार गरी आगामि दिनमा फेरि नेकपा एमाले देशको पहिलो पार्टी बन्ने दाबी गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *