कांग्रेस महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया सुरु

डिसी नेपाल
१७ असोज २०८३ १७:३३

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु भएको छ।

शनिबार, पार्टी कार्यालय बीपीनगर सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टाछुट्टै कोठामा व्यवस्था गरिएको छ।

महाधिवेशन प्रतिनिधिले ३५ सय शुल्क तिरेर नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले १५औँ महाधिवेशनको झोला पाउने छन्। झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ।

महाधिवेशनको उद्घाटन भने आइतबार काठमाडौंको खुलामञ्चमा हुनेछ। १९ र २० गते बन्द सत्र हुनेछ भने २१ र २२ गते निर्वाचन प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन्।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनमा स्वदेश र विदेशबाट ७५ सय भन्दा बढी प्रतिनिधि सहभागी हुदैछन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *