पूर्वराष्ट्रपति भण्डारीद्वारा घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनमा भएका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्।
उनले आज महाराजगञ्जस्थित नेपाल पुलिस अस्पतालमा पुगी घाइतेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिको उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए। उनले नेता र नागरिकले राष्ट्रको सर्वोपरि हितमा रहेर काम गर्नुपर्ने बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले आग्रह पूर्वाग्रहभन्दा राष्ट्रिय भावना र राष्ट्रिय सर्वोपरि हितका लागि काम गर्नुपर्ने भन्दै बदला र प्रतिसोधको भावनामा कोही जान नहुने भनाइ राखिन्। उनले नेपाल शान्तिको कामना गर्ने देश रहेको उल्लेख गर्दै मुलुकका सर्वोच्च अंगमा आगजनी र तोडफोड गर्न नहुने बताइन्।
उनले भदौ २३ गतेको घटनाको प्रतिकारस्वरूप वा प्रयोजित रूपमा आगजनी र तोडफोड भएको थियो भन्ने कुरा हेर्नुपर्ने बताइन्। उक्त अस्पतालमा करिब दुई सय जना घाइतेको उपचार भएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment