लघुकथा: पीडा

प्रकाशचन्द्र खतिवडा
११ असोज २०८२ १२:०८
108
Shares

“कोविद, सञ्चै हो। समय म्यानेज गर्न सकिन्छ? राँची जानु थियो। भाषाको समस्या छ के मलाई। औषधि कति खाइरहने? औषधि छोड्न या डोज घटाउन पाए हुन्थ्यो।” म्यासेन्जरमा सोधें मैले। “सञ्चै छु। समय म्यानेज गर्न कोशिश गर्छु । दशैं र तिहारको बीचमा मिल्यो भने जौंलान त।” कोविदले जवाफ फर्काए।

कोविद मेरो भान्जो भाइ हुन्। हामी सँगै खाइ, खेली पढी हुर्किएका कारण साथी जस्तै छौं। उनी उदयपुर सिमेण्ट कारखानाका जी.एम.हुन्। फुत्त उद्योग छोडेर हिँड्न मिल्दैन रे।
म निवृत्त भै सकेको शिक्षक हुँ। मलाई समय म्यानेज गर्न पर्दैन। साथी भेटे फुत्त जान सक्छु। दोभाषे साथी चाहिएको त हो मलाई।
छ वर्षदेखि औषधि सेवन गरिरहेको छु। अहिले कुनै समस्या छैन। औषधि छोड्न मिल्छ कि? डक्टरको परामर्श लिनु छ। आफू खुशी औषधि छोड्न पनि नमिल्ने रहेछ। औषधि नेपालमा पनि पाइँदैन। जोगवनी जानु पर्छ।
तीन वर्ष त पीडा र छट्पटिमै बित्यो। नेपालको उपचार फलदायी हुन सकेन। अन्तिम विकल्पको रुपमा मलाई राँची लगिएको थियो। त्यहाँ म जस्ता सयौं मान्छेको भिड थियो। पालो पाउनलाई घण्टौ कुर्नु पथ्र्यो।
डाक्टरले एक महिनाको औषधि दिएर एक महिना पछि फलो अपमा आउन भने। प्रतिरोध, निलाप्रसाद सर र म औषधि किनेर फक्र्यौं। मैले औषधि सेवन सुरु गरें। एक महिना सम्म औषधि सेवन गर्दा पनि मलाई वीशको उन्नाइस भएन।
फलो अपमा जाने कि नजाने? मैले निर्णय लिन सकिरहेको थिइनँ। म पीडाले छट्पटी रहेकै थिएँ। अन्ततोगत्वा म फलो अपमा जान राजी भएँ।
सुन्दरहरैंचा-६, दुलारी, मोरङ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.