बेलहिया नाकाबाट पर्यटक आगमनमा सुधार

डिसी नेपाल
११ असोज २०८२ १४:५०
40
Shares

भैरहवा । कोरोना महामारीपछि बेलहिया नाकाबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा क्रमिक सुधार भएको छ।

गत बिहीबारसम्मको तथ्यांकअनुसार यो वर्ष ५८ देशका ६३ हजार सात सय ९३ जना पर्यटक यो नाकाबाट नेपाल प्रवेश गरेका छन्। नौ महिनाको तथ्यांक प्रस्तुत गर्दै अध्यागमन कार्यालयका अधिकृत वासुराम पौडेलले अधिकांश पर्यटक तीर्थाटनका निम्ति नेपाल आउने गरेका बताए।

यो अवधिमा श्रीलंकाबाट १९ हजार ८३५ जना, थाइल्याण्डः १२ हजार ३४५ जना, म्यान्माबाट नौ हजार दुई २७८ जना, भियतनामका चार हजार १८८ जना र दक्षिण कोरिया दुई हजार २४ जना नेपाल भित्रिएका छन्।

कोभिड१९ महामारीले सुस्त भएको पर्यटक आगमन महामारी साम्य भएसँगै क्रमशः सुधारोन्मुख छ। सन् २०२२ मा २० हजार दुई सय २० जना पर्यटक आएका थिएभने सन् २०२३ मा ८१ हजार तथा २०२४ मा यो सङ्ख्या बढेर ९२ हजार ६४४ पुगेको थियो।

यसैबीच, अध्यागमन अधिकृत वासुदेव पौडेलले कर्मचारी अभाव कार्यालयको मुख्य चुनौती बनेको तथा १२ जनाको दरबन्दी रहेको कार्यालयमा पाँच जना मात्र रहेका गुनासो गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.