बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

डिसी नेपाल
१२ असोज २०८२ ११:३५
32
Shares

बर्दिया। बर्दियाको ठाकुरबाबामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

ठाकुरबाबा नगरपालिका वडा न ९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

शनिबार राती ११ बजे महिलालाई हात्तीले आक्रमण गरेको थियो। खेतमा धान हेरेर फर्कने क्रममा हात्तीले महिलालाई आक्रमण गरेको थियो। हात्तीले आक्रमण गर्दा महिलाको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताए।

शवलाई आज पोस्टमार्टम गरि आफन्तलाई बुझाउने तयारी भइरहेको उनले बताए।

मृतक खत्रीको श्रीमान् चित्र बहादुर खत्री बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका कर्मचारी हुन्। उनका तीन छोरी र एक छोरा रहेका छन्।

विशेष गरी धान पाक्ने सिजनमा जंगली हात्ती किसानको खेतमा धान खान आउने गर्दछ। हात्ती धपाउने क्रममा किसानको मृत्यु हुने गरेको छ। यसअघि गत माघ ३० गते ठाकुरबाबा नगरपालिका वडा नं २ बलातीमा ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *